आज मिति २०६९ साल कात्तिक १२ गते आइतवार । काठमाण्डौबाट प्रकाशित सवैजसो दैनिक पत्रिकाले माओवादी अध्यक्ष प्रचण्डले एमाले र नेपाली कांग्रेसका नेताहरुलाई भेटेर तीन बुँदे लिखित प्रस्ताव बुझाएको खवरलाई प्राथमिकताका साथ छापेका छन् । तर कांग्रेस र एमालेले भने पहिले सहमतीय सरकार बनाउनुपर्ने र त्यसपछिमात्र राजनीतिक प्रकृयामा छलफल हुनुपर्ने सर्त राखेका छन् । उनीहरुले माओवादी नेतृत्वको सरकार कुनै हालतमा स्वीकार्न नसकिने बताएका छन् ।
नागरिक दैनिकले चीनले नेपाल चीन सीमा क्षेत्रमा सगरमाथा राष्ट्रिय निकुञ्ज बनाएको खवर छापेको छ भने कान्तिपुर दैनिकले अब बिद्यार्थीलाई कितावका भारी बोकाउन नपाइने खवर छापेको छ ।
You Might Also Like :






