> अयोग्य लडाकुले पनि दुई लाख पाउने

अयोग्य लडाकुले पनि दुई लाख पाउने


7:25 PM |

१५ कात्तिक, काठमाण्डौं । सरकारले नेपालका लागि संयुक्त राष्ट्रसंघीय मिसन अनमिनको प्रमाणीकरणमा अयोग्य ठहरिएका माओवादी पूर्वलडाकूलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ दिने भएको छ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको काम चलाउन सरकारले विपक्षि दलहरुसँग परामर्श नै नगरी अयोग्य लडाकूलाई रकम बाड्न लागेको खबर राजधानी दैनिकले छापेको छ ।


अनमिनले प्रमाणीकरणमा माओवादीका झन्डै ३ हजार लडाकू अयोग्य घोषित गरेको थियो । आफ्नै पार्टी नेतृत्व विरुद्ध आन्दोलन गरेपनि शान्तिमन्त्रालय मार्फत सहमति गरी सोही आधारमा प्रतिव्यक्ति २ लाख रुपैयाँका दरले रकम बाँड्ने भएको हो । सोही निर्णय अनुसार भट्टराई सरकारले अयोग्य लडाकूलाई पहिलो किस्तामा १ लाख रुपैयाँ दिने भएको छ ।

अर्थमन्त्रालयबाट बजेट निकासा भएपछि पहिलो किस्ताको रकम वितरण सुरु गर्न शान्ति तथा पुर्ननिर्माण मन्त्रालयले आवश्यक प्रक्रियासमेत अगाडी बढाएको छ । जसका लागि मन्त्रालयले राष्ट्रसंघसँग प्रमाणीकरणमा अयोग्य भई बाहिरिएकाहरुको विवरण मागिसकेको छ । संघले उनीहरुको नाम ठेगाना सहितको विवरण पठाएपछि रकम वितरण सुरु गर्ने शान्ति मन्त्रालयले जनाएको छ ।


You Might Also Like :


0 comments:

Post a Comment