> सेक्स मेरा लागि पर्सनल कुरा हो। म विवाहपछि नै सेक्सको अनुभव लिनुपर्छ भन्ने मान्यता राख्दिनँ

सेक्स मेरा लागि पर्सनल कुरा हो। म विवाहपछि नै सेक्सको अनुभव लिनुपर्छ भन्ने मान्यता राख्दिनँ


9:30 PM |

यो एउटा बिन्दास युवतीको कथा हो। सहरका धेरै विन्दास युवतीहरूबीच एउटी प्रतिनिधि पात्र हुन्- साहाना बज्राचार्य। मिस नेपाल-२०११ की फस्ट रनर्सअप सहानाको सार्वजनिक चिनारी टेलिभिजन एंकर र मोडल हो। यसो भन्दा उनको परिचय खुम्चन सक्छ। उनी रात-विरात काठमाडौंका गल्लीमा अचानक भेटिन सक्छिन्। मुड आयो भने अचानक घर छाडेर कुनै गाउँको यात्रामा निस्कन सक्छिन्। फोटोग्राफी, चित्रकला र सिनेमाका कुरा निस्कँदा उनले नजानेको कुरा छैन झैं लाग्छ। कतिसम्म भने सहानाका विषयमा सहरमा धेरै किसिमका किस्सा सुन्न पाइन्छन्। दसैं आयो कस्तो लागिरहेको छ ? एक्साइटेड छु। किन ? अछाम जाँदैछु। अछामी दिदी-बहिनीहरूसँग रमाइलो गर्ने मुड बनाएकी छु। मानिसहरू आफन्त भेट्न घर र्फकन्छन्, तपाईंचाहिँ घर छाडेर विकट पहाड उक्लँदै हुनुहुन्छ, अचम्म होइन ? मेरो विशेषता नै त्यस्तै छ। मानिसहरू परिवारभित्र खुसी देख्छन्, म बाहिर पनि खुसी भेट्न सक्छु। दसैं मान्न अछाम जिल्ला नै किन रोज्नुभयो ? छाउपडी प्रथाको विषयमा अछाममा २० दिन लगाएर डकुमेन्ट्री बनाएकी थिएँ। दसैंमा सबै जम्मा हुन्छन्, त्यही बेला यो डकुमेन्ट्री देखाऊँ, विद्यालयका खाली पुस्तकालयमा केही पुस्तक भरिदिऊँ भन्ने लागेर त्यता जान लागेकी हुँ। २० दिन धेरै हो, बीचमै मिन्स हुनुभयो भने के गर्नुहुन्छ ? म पनि छाउपडी गोठमै बस्छु। अरूको ठाउँमा गएर त्यहाँ नियम मान्दिनँ भन्न पाइन्छ ? तपाईं सहरकी सुन्दरी, गोठमा खुम्चनुपर्दा गाह्रो हुँदैन ? अब त बानी परिसक्यो। ६ महिनाअघि डकुमेन्ट्री बनाउन जाँदा पनि म मिन्स भएकी थिएँ। त्यो बेला म गोठमै बसें। यसो गर्दा गाउँका महिलालाई कति समस्या छ भन्ने आफैंलाई अनभूति हुन्छ। यसो गर्नु नयाँ एक्सपेरिएन्स पनि हो। छाउपडी बस्दाको सबैभन्दा अचम्मको अनुभव के रह्यो ? रातभरि निदाउन सकिनँ। राम्रोसँग बस्न पनि नसकिने सानो कोठामा कसरी निदाउने ? कसैले अनिच्छापूर्वक जबरजस्ती गरिदिने हो कि भन्ने पीर लागिरह्यो। बिहान ट्वाइलेट लाग्यो, तर घरको बाथरुम छिर्न नपाइने। पानी बोकेर जंगल जानुपर्ने। जन्मदै बाथरुम प्रयोग गर्ने बानी परेकी मलाई हामी नेपाली कुन युगमा बाँचिरहेका छौं भन्ने लाग्यो। घरमा चाहिँ तपाईं मिन्स बार्नु हुन्न, यो दोहोरो चरित्र भएन ? गाउँमा सहरको जस्तो व्यवहार गर्‍यो भने अर्को पटकदेखि त्यहाँ जाने बाटो बन्द हुन्छ। फेरि त्यस्तो अनुभव लाखौं रुपैयाँ तिरेर पनि पाइँदैन भने किन नियम नमान्ने ? म अलिक त्यस्तै छु क्या ! घरभित्र मिन्स नबार्ने तपाईंको नियमका पछाडि कुनै कारण छन् ? महिलाहरू मिन्स नहुने हो भने संसार नै अवरुद्ध हुन्छ। उनीहरू मिन्स हुन्छन् र नै मानिसहरू जन्मन्छन्। यो त गर्वको विषय हो। अरू महिला मिन्स भएको बेला पूजाकोठामा छिर्दैनन्। म भने मिन्स भएका बेला भगवान्लाई धन्यवाद दिन मन्दिर जान्छु र पूजा गर्छु। हामी अछाममा छाउपडी प्रथा रै छ हगि भनेर कुरा काट्छौं, तर हामी पढेलेखेका भनिनेहरू पनि चार दिन त त्यही गरिरहेका छौं। यसरी पहिलेदेखि नै मिन्स बार्नुको कारण पनि होला नि ? शरीरबाट रगत निस्कने कारणले स्वास्थ्यका हिसाबले यो चलन सुरु भएको हुन सक्छ। यही कारणले चार दिनसम्म महिला अछूत भए भन्ने कुराको मैले विरोध गरेकी हुँ। नुहाइधुवाइ गरेर सेनेटरी प्याड लगाएपछि केको मिन्स ? मैले सुनेअनुसार तपाईंमा केटाको स्वभाव बढी छ रे ? यो केटाको स्वभाव भनेको के हो ? मेरो विचारमा यो केटी भएर यसो गर्नु हुन्न, उसो गर्नु हुन्न भनेर उनीहरूलाई हीनताबोध गराउने प्रपञ्च मात्र हो। म केटाहरूसँग गुच्चा खेल्थें, चङ्गा उडाउँथे। ब्वाइज केश पालेकी थिएँ। मैले कहिल्यै ‘केटीले गर्नुपर्ने’ नियम मानिनँ, त्यसैले केटाको जस्तो स्वभाव भनेका होलान्। कतिपय युवती केटाजस्तो बन्ने धुनमा रक्सी-चुरोट पिउँछन् र जुवाघर जान्छन्, युवतीले पनि त्यस्तै गर्नु स्वतन्त्रता हो ? टेस्ट त गर्नुपर्‍यो नि, अनि पो थाहा हुन्छ- त्यो गलत हो कि सही हो। अरुले भनेकै भरमा त्यो ठीक हो कि गलत भनेर कसरी विश्वास गर्ने ? सत्य त आफैंले पो थाहा पाउनुपर्छ। भनेपछि रक्सी-चुरोट तपाईंका लागि ठूलो कुरा होइन ? जुन दिन मैले सिगार तानें, त्यो दिन मैले आमालाई आज सिगार तारेर आएँ भनेर सुनाएँ। मैले त्यो गलत हो भन्ने फिल गरेकी भए भन्न सक्दिनँथेँ। मलाई सिगार तान्नु ठीक लागेन र छोडिदिएँ। वाइनचाहिँ पिउँछु। त्यसो भए वाइन पिउनु स्वास्थ्यका लागि ठीक हो भन्न खोज्नु भएको ? हामीमध्ये कतिपय यस्ता छौ, जो फलफूलको रसमा अलिकति स्कच मिसाइ दिनुहोस् र यो वाइन हो भन्नुस्, पत्याएर पिउँछन्। कुन चीज के हो र त्यो कसरी पिउने भन्ने कुरा थाहा नपाउनेहरूलाई नै त्यसले धेरै असर गर्छ। म त्यो वर्गमा पर्दिनँ। पहिलो पटक रक्सीको स्वाद कहिले लिनुभयो ? बच्चैमा, नेवारको घरमा यो कुन ठूलो कुरा भयो र ? त्यो त परम्पराको कुरा हो, पहिलो पटक साँच्चैको रक्सी पिएको दिन कुन हो भनेर सोधेको। ए, म सेभेनमा पढ्थें। आमाले नै एक गिलास बियर ल्याएर दिनुभयो। मज्जाले सुइँक्याइदिएँ। अहिले पनि म मात्नका लागि रक्सी पिउँदिनँ। तपाईंको व्यवहार केटाको जस्तै भएका कारण ब्वाइफ्रेन्ड पनि टिक्तैनन् रे हो ? यो चाहिँ हावा कुरा हो। म राम्री छु र बाई द वे बताइहालू, म लेस्बियन होइन। मेरो ब्याइफ्रेन्ड छ। जसरी केटाहरू सेक्सलाई सामान्य रूपमा लिन्छन्, तपाईं लिनुहुन्छ ? सेक्स मेरा लागि पर्सनल कुरा हो। म विवाहपछि नै सेक्सको अनुभव लिनुपर्छ भन्ने मान्यता राख्दिनँ। सेक्सलाई तपाईंले पिउने वाइनजस्तै नियमित मान्नुहुन्छ कि सिगारजस्तै टेस्ट लिइहालूँ भन्ने रूपमा लिनुहुन्छ ? अहो, तपाईं त निकै पर्सनल हुन खोज्नुभयो। के भन्ने ? ल यतिचाहिँ भनिहाल्छु, मलाई राम्रोसँग थाहा हुन्छ, म के गर्दैछु ? तपाईं परम्परागत नेवारी समाजमा हुर्किएकी केटी, यसरी नियम तोड्दा अभिभावकहरूले केही भन्नुहुन्न ? मेरो हजुरबुबा (आमाको बुबा) हेमब्रज बज्राचार्य, उहाँलाई बुद्धले सिकाएका सबै ज्ञान कण्ठ थियो। म उहाँकै संगतमा हुर्किएँ। उहाँ भन्नुहुन्थ्यो, तिमी अरुले बनाएको नियममा हिँड्ने होइन, आफ्नो नियम आफै बनाउने प्रयास गर। अरूको विश्वास जित। उहाँको छवि पनि त्यस्तै थियो। मेरो जीवनमा उहाँको छाप पर्‍यो। मैले जे गरें वा गर्दै जानेछु, अभिभावकले त्यसलाई गलत रुपमा लिनुहुन्न। त्यसका लागि प्रयास पनि ठूलै गर्नुपर्‍यो नि, परेन र ? पर्‍यो। एसएलसीपछि अरू साथीहरू ब्रिज कोर्स गर्न थाले, म विभिन्न संस्थामा स्वयंसेवकका रूपमा काम गर्न थाले। १८ वर्षको उमेरमा म अरूलाई तालिम दिन तयार पारिएको सर्टिफिकेटमा हस्ताक्षर गर्न थालिसकेकी थिएँ। १९ वर्षको उमेरमा मिस नेपालमा भाग लिन गएँ। पहिले मेरा लागि ४ बजे नै घर र्फकनुपर्ने नियम बनाइएको थियो, पछि त्यो नियम तोड्दै गएँ। केही महिनापछि ६ बजे घर जान थाले। एक वर्षपछि ८ बजेसम्म बाहिरै हुन्थें। पछि गएर रातको १२ बजाउन थालें। अहिले २ बजेतिर घर पुग्छु वा त्यो बेला घरबाट निस्कन्छु। रात-विरात सुनसान सडकमा निस्कँदा डर लाग्दैन ? जसले जीवन बुझेको छैन, उसलाई डर लाग्छ। डर मलाई देखेर डराउँछ।


You Might Also Like :