वलिउडका वादशाहको रुपमा परिचित नायक साहरुख खान अहिले आफू अभिनित पछिल्लो चलचित्र ‘जव तक हे जान’ को प्रचारका लागि दौडधुपमा व्यस्त छन् । रोहीत सेठ्ठीले निर्देशन गरिरहेको चलचित्र ‘चेन्नाइ एक्सप्रेस’मा समेत व्यस्त साहरुखले ‘जव तक हे जान’ का लागि पनि समय निकालिरहेका छन् ।चलचित्रको प्रचारप्रसाका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा साहरुखले चलचित्रका दुइ नायिकासँग मझैले फोटो खिचाएका छन् । नायिका कटि्रना कैफ र अनुष्का शर्माका साथमा पत्रकार सम्मेलनमा पुगेका साहरुखले यि दुइलाई स्टेजमा चुम्बन समेत गरे ।
यो बर्षकै सर्वाधिक आशा गरिएको चलचित्र ‘जब तक हे जान’ को पत्रकार सम्मेलनमा साहरुख खान, कटि्रना कैफ र अनुष्का शर्माले खुलेरै मस्ति गरेका थिए । रोमान्टिक प्रेम कथामा आधारित सिनेमा भएकाले पनि होला साहरुख पत्रकार सम्मेलनमा खुवै रोमान्टिक देखिएका थिए । उनले नायिका अनुष्का शर्माको बयान गर्दै भने, ‘उनी खुबै मिहिनेती छिन् ।’ साहरुखले कटि्रनाको बारेमा भने, ‘उनलाइ संवाद बोल्न खुवै समय लाग्छ किनकी उनको नाक र कपाल खुबै आकर्षक छ ।’
नोभेम्बर १३ मा विश्वभर एक साथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘जब तक हे जान’ यस चोपडा ले निर्देशन गरेको अन्तिम सिनेमा हो । साहरुखका साथमा कटि्रना र अनुष्काले अभिनय गरेको ‘जब तक हे जान’लाई अहिले विश्व बजारमा सर्वाधिक आशा गरिएको चलचित्र को रुपमा हेरिएको छ । चलचित्र पण्डितहरुले यो सिनेमाले सलमान खान अभिनित ‘एक था टाइगर’ को व्यापारलाइ उछिन्ने अनुमान लगाइरहेका छन् ।
चलचित्रका गीतहरु इन्टरनेटमा सर्वाधिक हेरिएका छन् । यसैले पनि ‘जब तक हे जान’ यो बर्षकै सर्वाधिक हिट सिनेमा रहने विश्लेषण गरिएको छ ।
You Might Also Like :







0 comments:
Post a Comment