सन् १९९८ मा तत्कालीन अमेरिकी राष्ट्रपति विल किलिन्टनको आफ्नै स्वकीय सचिव मोनिका लेविन्स्कीबीचको यौन सम्बन्धबारेको समाचार प्रकाशन भएपछि यो घटनाले विश्वभर ठूलो चर्चा पायो । अमेरिकी इतिहासमै यौन काण्डलाई लिएर ४२ औं राष्ट्रपति क्लिन्टबिरुद्व महाअभियोगको प्रस्ताव लगियो र बालबाल बिपक्षी केही संसदको समर्थनमा पद जोगीयो ।
सन् १९९८ जनवरी २१ तारिकका लिन मुल धारका अमेरिकी पत्रिका वासिंटन पोष्टले सबैभन्दा पहिले यो समाचार ब्रेकिङ गर्यो जसले यो घटनालाई महिनौसम्म पनि चर्चाकै बिषय बनिरह्यो । यो समाचारको विल किलिन्टनले खण्डन गरिरहे । जनवरी २६ तारिकका दिन आफ्नी श्रीमती हिलारी किलिन्टनसहित ह्वाइट हाउसमा पत्रकार सम्मेलन गरी कडा शैलीमा खण्डन गरे ।
पत्रकार सम्मेलनमा उनले आफु आफ्नो काममा जानु छ, मैले रातीसम्म कार्यालयमा बसेर काम गरिरहेको छु । म अमेरिकी जनतालाई के भन्न चाहन्छु भने तपाईहरुले मेरो कुरा सुन्नैपर्छ म फेरी दोहोराएर भन्छु मैले त्यो महिला ( लेविन्स्की) संग यौन सम्पर्क गरेकै छैन । मैले धेरैचोटीको कुरै छोडौं एकपटक पनि यौन सम्पर्क गरेको छैन । य आरोपहरु झुटा हुन । अब म अमेरिकी जनतासंग फेरी काम गर्नुछ । धन्यवाद । उनकी श्रीमती हिलारी किलिन्टनले समेत आफ्नो श्रीमान बिरुद्व झुटो आरोप लगाएको भन्दै आफ्ना श्रीमानको बचाउ गरेकी थिइन ।
यसरी स्विकारे क्लिन्टनले किलिन्टनले जतिसुकै खण्डन गरेपनि अमेरिकी संचार माध्यमले लगातार समाचार संप्रेशण गरिरहेपछि सन् १९९८ अगष्ट १७ तारिकका दिन किलिन्टनले लेविन्स्कीसंगको यौन सम्पर्क भएको स्विकारेका थिए ।
जुन आफुले नगर्नुपर्ने भन्दै पश्चताप समेत गरेका थिए । अनुसन्धानका लागि गठीत समितिले क्लिन्टनलाई लेविन्स्कीसंगको यौन सम्बन्धका बारे सोध्दा उनले आफुले कहिल्यै यौन सम्पर्क नगरेको बताएका थिए । उनले लेविन्स्कीको संवेदनशील अंग समेत नछोएको दाबी समेत गरेका थिए । त्यसपछि उनलाई न्यायीक समितिलाई झुटो बिवरण दिएको भन्दै ९० हजार अमेरिकी डलर जरिवाना समेत गरियो । त्यतीबेला (सन् १९९८) उनको पार्टी डेमोक्रेटिक दुबै सदनमा अल्पमतमा परेको थियो । उनले जरिवाना तिरेपछि उनको पक्ष र बिपक्षमा सदनमा समेत चर्को बहस भयो र उनीमाथी लागेको आरोपबारे संसदभित्रै पक्ष र बिपक्षमा मतदान नै भयो ।
५ रिपब्लीकन सदस्यले समेत उनको पक्षमा मतदान गरेपछि उनलाई त्यो अभियोगबाट छुटकरा मिल्यो र कार्यकाल सम्म काम गर्न पाए । यो काण्डले गर्दा सन् २००० मा भएको अमेरिकी राष्ट्रपतीय चुनाव डेमोक्र्याटीक पार्टीका लागि ठूलो धक्का साबीत भयो । चुनावको प्रचार अभियानमा समेत कतिपयले क्लिन्टनको यौन काण्डबारे प्राथमिकताका साथ प्रचार प्रसार गरे जसले गर्दा डेमोक्रयाटीक उमेदवारहरुलाई मतदादातामा नकरात्मक असर पुर्यायो । क्लिन्टनका पक्षधरहरुले भने यसलाई एउटा नितान्त निजी मामिला भएको बताए । तर लेविन्स्कीले भने किलिन्टनसंग यौन सम्पर्क नै नभएपनि अन्य शारीरक सम्बन्ध भने रहेको बताएकी थिइन ।
लेविन्स्की र क्लिन्टनबीचको ९ पटकसम्म शारिरिक सम्बन्ध १९९५ नोभेम्बर १५ राष्ट्रपतिको ओभल कार्यालयको अध्ययन कक्ष १९९५ नोभेम्बर १७ विल क्लिन्टन कांग्रेसको एक सदस्यसंग फोनवार्ताकै क्रममा १९९५ डिसेम्बर ३१ ह्वाइट हाउसको अध्ययन कक्षमा १९९६ जनवरी ७ ओवल कार्यालयमा १९९६ जनवरी २१ ओवल कार्यालयको नजिकै रहेको निजी अध्ययन कक्षमा १९९६ फ्रेबुअरी ४ ओवल कार्यालयको बैठक कक्षमा १९९६ मार्च ३१ ओवल कार्यालयका नजिकै रहेको अध्यनन कक्षमा १९९७ फ्रेबुअरी २८ ओवल कार्यालयको नजिकै (क्लिन्टनले दिएको निलो कपडामा दाग लागेको ) १९९७ मार्च २९ यो दिन भएको आरोप भने क्लिज्टनले अस्विकार गरेका छन् ।
यी दिनमध्ये ५ दिन हिलारी क्लिन्टन ह्वाइट हाउसमै रहेकी थिइन । यो समाचार सन् १९९८ जनवरी १७ तारिकका दिन ड्रज रिपोर्ट वेभ साइटले व्रेक गर्यो । जसमा भनिएको थियो– न्युजविक पत्रिकाले समेत यस बिषयमा अनुसन्धान गरिरहेको छ । ड्रज रिपोर्ट वेभ साइट एक निजी वेभ साइट हो । जुन सन् १९९८ मा शुरु भएको थियो । यसले अमेरिका र अन्तर्राष्ट्रिय जगतमा भइरहेको ठूला घटनाहरुको सम्बन्धमा समाचार प्रकमाशन गर्ने गर्दछ । यसको संस्थापक म्याट ड्रज रहेका छन् ।
जम्मा २ जना कर्मचारीबाट शुरु गरिएको यो वेभसाइट अंग्रजीका समाचारहरु प्रकाशन गर्ने भएपनि दर्ता भने गरिएको छैन । यो अहिलेपनि सुचारु नै छ । शुरुमा यो वेभसाइटले गोसीभ कोलम (गफको स्तम्भ) शुरु गर्यो जसमा हलिउड र वासिंटन डीसीमा हुने र भइरहेका चाखलाग्दा घटनाहरुमा केन्द्रीत रहेको थियो । त्यसपछि सन् १९९८ मा यो वेभसाइट संसारभर चर्चाको शिखरमा पुग्यो जब यसले तत्कालीन अमेरिकी राष्ट्रपति किलिन्टन र लेविन्स्कीबीचको यौन काण्ड बारे न्युजविक पत्रिकाले छानवीन गरिरहेको समाचार वाहिर ल्यायो । त्यसबेला न्युजविकले त्यो समाचार आफुसंग रहेपनि बाहिर ल्याइसकेको थिएन । यो वेभसाइटले सन् १९९९ मा एक वेश्यावृतीमा संलग्न महिलाले आफ्नो छोराको बाउ विल किलिन्टन भएको दाबी गरेको पनि खुलासा गरेको थियो । तर, पछि गएर यो भिडियो टेप पुष्टि हुन सकेन । यसलाई राजनीतिक यौन काण्डको संज्ञा समेत दिइयो ।
२२ वर्षे युवती लेविन्स्कीलाई तत्कालीन राष्ट्रपति किलिन्टनको पहिलो कार्यकालमा काम गर्नका लागि ह्वाइट हाउसमा राखिएपछि दुईबीच यौन सम्पर्क हुन थाल्यो । लेविन्स्कीले यस बिषयमा आफ्ना साथीलाई खुलासा गरिरहेको बेलामा अर्की एकजना साथीले टेलिफोन वार्ता लिन्डा ट्रिपले रेकर्ड गरेकी थिइन । पछि किलिन्टनको बिषयमा अनुसन्धान गरिरहेका एक व्यक्ति केनएथ स्टारलाई टेप हस्तान्तरण गरेकी थिइन । यो काण्ड संसारभरको संचारमाध्यममा प्राथमिकताका साथ छायो र यो काण्डलाई मोनिका गेट, लेविन्स्की गेट, टेलगेट, सेक्सगेट र जीपर गेटको समेत संज्ञा दिइएको छ । घटनाक्रम सन् १९९६ अप्रिलमा लेविन्स्कीलाई किलिन्टनसंग मात्र समय बिताएको भन्दै अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा सरुवा गरियो त्यसपछि ह्वाइट हाउसले सन् १९९७ मा लेविन्स्कीलाई संयुक्त राष्ट्रसंघमा राख्नका लागि आग्रह गर्यो तर उनले मानिनन ।
लेविन्स्कीलाई किलिन्टनले धेरै उपहारपनि दिएका थिए त्योमध्ये एउटा निलो ड्रेस पनि दिएका थिए । सन् १९९७ देखी नै ट्रिप भन्ने साथीले लेविन्स्कीले आफुसंग गर्ने गरेको सम्पूर्ण टेलिफोन संवाद रेकर्ड गर्न थालेकी थिइन । त्यो टेप लुसीयन गोर्डबर्गको हातमा पुर्याइयो जसले न्युजविक पत्रिकाका संवाददाता संग टेपप्रकरणबारे कुराकानी गर्न शुरु गरे । सन् १९९८ जनवरीमा लेविन्स्कीले आफुले किलीन्टनसंग यौन सम्पर्क नराखको दाबी गरिन । तर, केनएथ स्टार (जसले किलिन्टनको ह्वाइट वाटर विबाद र अन्य विबादहरु छानबीन गरिरहेका थिए ) केनएथले आफुसंग सबै प्रमाण भएको दाबी गरे । त्यसपछि दुईबीचको यौन सम्पर्कको बारे छानबीन शुरु गरे ।

You Might Also Like :