नापअनुसारकै कन्डम कन्डमको आकारमा एकरूपता भएका कारण सानो र ठूलो लिंग भएका पुरुषहरूलाई यसको प्रयोग झन्झटिलो हुँदै गएको थियो। कन्डमका प्रयोगकर्ताहरूबाट यतै गुनासो आउन थालेपछि युरोपमा पहिलो पटक 'टेलर कन्डम' को निर्माण प्रारम्भ भएको छ।
लिंगको आकारमा फरकपन भएका पुरुषहरूलाई कम्पनीले निकालेको टेपअनुसारको नाप दिएपछि कम्पनीले सोही आकारको कन्डम तयार गरिदिन्छ।त्यसमा प्रयोगकर्ताले आफूलाई चाहिने सुगन्ध, रंग र चिल्लोपनाको मात्रा पनि अर्डर गर्न सक्छन्। अमेरिकामा पहिल्यै यतै किसिमको कन्डम निर्माण हुन थाले पनि युरोपमा भने हुन सकेको थिएन।
युरोपियन युनियनको हालै बसेको बैठकले नापअनुसारको कन्डम निर्माण गर्ने अनुमति दिएको थियो। पहिलो चरणमा पुरुषहरूले ९५ फरक नापका कन्डम निर्माण गर्न लगाएका छन्।
You Might Also Like :





