पर्वत, कार्तिक १२ – बच्चा जन्माएर मारेको अभियोगमा पर्वतको आर्थर डाडाँखर्ककी एक महिला पक्राउ परेकी छन् ।पर्वतको आर्थर डाडाँखर्क गाबिस २ की लौमाया गुरुङ्गले अबैध गर्भधारण गरी जन्माएको बच्चालाई चर्पी नजिकै गाडेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
श्रीमान रोजगारीका लागि बिदेशमा रहेका बेला लौमायाले अबैध संबन्धबाट बच्चा जन्माएर मारेको प्रहरीको भनाई छ । उनीमाथि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक श्याम अर्यालले बताउनुभयो । गर्भधारण गराउने रामबहादुर गुरुङ भने फरार छन् ।
You Might Also Like :





