> नवनायिकालाई विवाह नहोला कि भन्ने पीर

नवनायिकालाई विवाह नहोला कि भन्ने पीर


8:33 PM | ,

नेपाली फिल्मको वातावरण त्यति स्वच्छ रहेको  सुनिदैन अचेल। केहीले प्रदूषित गरेको यो वातावरणमा प्रवेश गर्ने राम्रैलाई  पनि पीर पर्न थालेको छ। भर्खरै एउटा फिल्ममा अभिनय गरेर फिल्म क्षेत्रमा  प्रवेश गरेकी एक नवनायिकालाई 'फिल्म नजमिएला कि' भन्ने डरले भन्दा बिहे  नहुने पीरले पो सताएको रहेछ। ती नायिका हुन् सुरभी विष्ट।



फिल्म 'समय'बाट  करियरको समय सुरु भएको जनाउ दिएकी उनी गफिँदै थिइन्, 'राम्रै गरेपनि राम्रो  भन्दा नराम्रो बढी सुनिन्छ त्यसैले घरपरिवारले फिल्म खेल्न थालेँ भने  विवाह नहोला कि भन्ने पीर गर्दैछन्।' फिल्म क्षेत्रमा प्रशस्त संभावना  बोकेर आएकी बताइने सुरभीको जस्तो पीरले अरुलाई पनि पिरोलेको छ। दोस्रो  पुस्ताका दर्शक भड्काएका फिल्मकर्मीले कलाकार पनि भड्काइरहेका छन् भन्ने  बुझ्न उनको अभिव्यक्ति काफी छैन र?


You Might Also Like :