११ कात्तिक, काठमाण्डौं । टि ट्वान्टी च्याम्पेन्स लिगको गएराती सम्पन्न सेमी फाइनल खेलमा सिड्नी सिक्सर्सले टाइटन्सलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । अष्ट्रेलियाली टिम सिड्नीले दक्षिण अपि|mकी टिम टाइटन्सलाई दुई विकेटले हराएको हो । अब सिड्नीले अर्को दक्षिण अफ्रिकी टिम हाइवेल्ड लायन्ससँग भिड्ने छ ।
दक्षिण अफ्रिकी टिम टाइटन्सको शुरुवात खराब रहेपनि खेलमा फर्कदैं निर्धारित ओभरमा १६३ रन जोड्न सफल भएको थियो । टस जितेर व्याटिङ रोजेको टाइटान्सको फिल्डीङमा भएको केही गल्तीका कारण हार बेहोर्नु परेको थियो । टाइटन्सको शुरुवात खराब रहेपनि हेनरी डेविड्सले ४४ बलमा ५९ रन तथा डेविड वीजले २८ बलबाट ६१ रनको आक्रामक पारी खेलेका थिए ।
टि ट्वान्टी च्याम्पेन्स लिगको फाइनल खेल सिड्नी तथा लायन्सवीच भोली आइतबार जोहानेसबर्गमा हुँदैछ । लायन्सले पहिलो सेमीफाइनल खेलमा दिल्ली डेयरडेविल्सलाई २२ रनले हराएर फाइनल प्रवेश गरेको हो । यस पटकको च्याम्पेन्स लिगमा अष्ट्रेलियाको सिड्नी सिक्र्ससले अहिलेसम्म खेलेको सबै खेलमा जित हासिल गरेको छ ।
You Might Also Like :






