मानिसको छालामा आउने काला वा अन्य रंगका दानालाई कोठी भनिन्छ |हामीले बुझ्ने कोठी भनेको छालालाई रङ्ग प्रदान गर्ने कोषिका एकै ठाउँमा थुप्रिएर रहने अवस्था हो । यसलाई अङ्ग्रेजीमा मोल Mole वा निभ्स नः Nevus भनिन्छ । सामान्यतया शरीरको देखिने वा नदेखिने जुनसुकै भागमा कोठी आउन सक्छ । कुनै-कुनै वंशाणुगत रोगमा चाहिँ धेरै मात्रामा कोठी आउन सक्छ । हाम्रो छालालाई रङ्ग उत्पादन गर्न मेलानोसाइट Melanocyt भन्ने कोष चाहिन्छ । यो हाम्रो छालाको माथिल्लो पत्रमा रहन्छ र एउटा रङ्ग बनाउने कोषले ५ देखि ८ वटासम्म साधारण छालाको कोषलाई रङ्ग दिन्छ ।
कुनै-कुनै अवस्थामा यी कोषहरू धेरै संख्यामा एकै ठाउँमा जम्मा भएर कालो दाग वा ठूलो दानाका रूपमा देखिन्छन् । यसलाई हामी कोठी भन्छौं । कोठीका प्रकार साधारणतया छालाको पत्रमा रहने हिसाबले कोठीलाई तीन भागमा वर्गीकरण गरिन्छ । कोठीका कणहरू छालाको मध्यभागमा मात्र छन् भने त्यसलाई कम्पाउन्ड निभ्स भनिन्छ तर कोठीका कणहरू छालाको माथिल्लो र मुन्तिरको पत्रको बीचमा छन् भने त्यसलाई जड्ढसनल Junctional िकोठी भनिन्छ । यदि सम्पूर्ण कणहरू छालाको मुन्तिरको पत्रबाट मात्र आएका हुन् भने त्यस कोठीलाई र्डमल कोठी भनिन्छ । कणहरू रहेको स्थानको कारणबाट कोठीहरू धेरै कालो, खैरो वा हल्का कालो, रातो देखिने हुन्छ । कुनै कोठी धेरै ठूला हुन्छन् भने कुनै स- साना टीकाजस्ता देखिन्छन् । त्यस्तै कुनै-कुनै कोठी जन्मजात ठूलो र रौंहरू भएको हुन्छ । यसलाई वंशाणुगत कोठी भनिन्छ । यो शरीरको जुन भागमा पनि हुन सक्छ । कसै-कसैलाई तिलको दानाजस्ता थुप्रै कोठीहरू आउन सक्छन् । यसलाई तिलकोठी वा ँमखिया’ भन्ने गरिन्छ । यो उमेर बढ्दै गएपछि प्रस्ट देखिन थाल्छ र जाडो महिनामा अलि गाढा देखिन्छ । यो हात, मुख, जीउ सबै ठाउँमा हुन्छ । यस्तै प्रकारको अर्को गाढा साना कोठीहरू हुन्छन्, जुन घामले देखिने भाग जस्तै- मुख, हातमा प्रस्ट देखिन्छ । यसलाई लेन्टिजेनस Lentigenes भनिन्छ ।
यसलाई घामको किरणले बढाउने गर्छ । यीबाहेक ब्लु निभ्स, स्पिट्ज निभ्स (Spitz Nevus), बर्ेकर्स निभ्स (Becher’s Nevus) जस्ता अन्य अस्वाभाविक कोठीहरू पनि हुन्छन् । कोठी शरीरको कुनै पनि भागमा देखा पर्न सक्छ । छालामा मात्र नभएर आँखा, मुख, यौना·, नङसहित भित्री अ·हरूमा पनि कोठी हुन सक्छ । कोठीजस्तै देखिने अन्य समस्या सबै काला, खैरा, राता टाटा वा दागहरू कोठी हुँदैनन् । त्यस्तै एकै व्यक्तिमा कोठी र कोठीजस्तै देखिने अन्य समस्याहरू पनि एकसाथ हुन सक्छन् । मुख वा जीउमा गाढा खैरा, काला दानाहरू वा ठूला गिर्खाहरू हुन सक्छन् ।
यसलाई साधारणतया छाला बूढो भएको वा छालामा घामको नकारात्मक असरको परिणामको रूपमा लिइन्छ । यसै गरी खैरा, खस्रा दाना वा गिर्खाहरू [[:Keratoacanthoma} को समस्या पनि हुन सक्छ । कुनै- कुनै अवस्थामा बेसल सेल क्यान्सर Basal Cell Cancer भन्ने समस्या पनि कोठीजस्तै भएर आउन सक्छ । यस्तै ज्यादै गाढा काला टाटाहरू (Acanthosis Nigrican) पनि हुन सक्छन् । ढाडमा वा शरीरका विभिन्न भागमा खैरो, खरानी रंगको टाटा वंशाणुगत रोगको संकेतका रूपमा पनि आउन सक्छ । जस्तै- क्याफे ओले स्पटहरू न्यूरोफाइब्रोमाटोसिस भन्ने रोगमा आउँछ । त्यस्तै एस लिफ स्पटहरू (Ash Leaf Spot) ट्युबरस स्क्लेरोसिस (Tuberous Sclerosis) भन्ने रोगमा आउँछ । यस्तै घामले देखिने ठाउँमा साना, खस्रा दागहरू Actinic Keratoses हुन सक्छन् । खराब कोठीको पहिचान साधारणतया कोठीले कुनै पनि समस्या गर्दैन । धेरैजसो कोठी लामो समयसम्म एकै साइज र रंगको भएर रहन्छन् तर कोठी कहिलेकाहीँ क्यान्सरमा परिणत हुन पनि सक्छ । रोकथाम र चाँडो पहिचानको लागि ABCDEको फर्मुला अपनाउन सकिन्छ । ब् भन्नाले कोठीको बनावट एकनासको नहुनु Asymmety, द्य भन्नाले कोठीको बोर्डर (Border) बा·ोटि·ो हुनु, ऋ भन्नाले कलर कहीँ गाढा, कहीँ हल्का वा कहीँ कलरविहीन हुनु हो । म् भन्नाले कोठीको चौडाइ धेरै ठूलो रहनु र भ् भन्नाले कोठी छोटो समयमा धेरै बढ्नु (Evolation) हो । यो सामान्य फर्मुला मनन गर्न सके पनि समयमै चिकित्सकलाई देखाएर कोठीको क्यान्सरबाट बच्न सकिन्छ । कोठी र अन्य रोगहरूमा फरक छुट्याउन त्यति गाह्रो नभए पनि कहिलेकाहीँ बायोप्सी गरेर छुट्याउनर्ुपर्छ ।
कोठीकै बारेमा पनि शंका लागेमा काटेर जाँच गर्नु राम्रो हुन्छ । वंशाणुगत रोगहरूसँग देखिने कोठीका लागि आँखा, स्नायु प्राणालीको पनि जाँच गर्नुपर्छ । सबै कोठीको उपचार गरिहाल्नर्ुपर्छ भन्ने छैन । अनुहारमा देखिने साना तिलकोठीका लागि घामबाट बच्ने सनस्त्रिmनको प्रयोग पर्याप्त हुन सक्छ । त्यसबाट पनि नहटे कालो हटाउने औषधि जस्तै- हाइड्रोक्विनन् र Glycolic acid क्रिम प्रयोग गर्न सकिन्छ । धेरै भएमा लेजर उपचार पनि गर्न सकिन्छ । घामले देखिने ठाउँको कोठीका लागि चिकित्सकको परामर्श लिएर हटाउन सकिन्छ । यस्तै धेरै ठूला कोठीलाई प्लास्टिक र्सजरी गरेर हटाउन सकिन्छ । सावधानी यदि भइरहेको कोठी अचानक बढ्न थाल्यो, रगत आउन थाल्यो, घेरा र रङ्ग परिवर्तन हुन थाल्यो वा एकदमै बढी चिलाउन थाल्यो भने चिकित्सकको परामर्श लिएर उपचारतर्फलाग्नर्ुपर्छ । मुखभित्र धेरै कोठीहरू छन् भने र पेट दुख्ने वा दिसामा रगत वा कालो दिसा धेरै हुन थाल्यो भने पनि तुरुन्त चिकित्सकको परामर्श लिनर्ुपर्छ । कालो कोठीवरिपरि सेतो हुन थाल्यो
You Might Also Like :





