चीनमा कुखुराले संसारकै सबैभन्दा सानो आकारको अण्डा पारेको छ । मलेशियाई
बेन्टम प्रजातिको कुखुराले पारेको अण्डा एउटा सानो चराले पार्ने भन्दा पनि
निकै सानो रहेको छ ।चीनीयाँ अधिकारिहरूका अनुसार, गिनीज वर्ल्ड रेकर्डमा
यस अण्डालाइ संसारकै सबैभन्दा सानो अण्डाका रूपमा घोषणा गरिन सकिनेछ । जुन
यसअघि रेकर्ड राखेको अण्डा भन्दा सानो छ । चिनको चिङक्वाङ नगरपालिका
क्षेत्रमा एक सामान्य परिवारमा पालिएको कुखुराले यति सानो अण्डा पारेको हो ।चीनियाँ सरकारी समाचार संस्था शिन्हवाको अनुसार, उक्त अण्डा दुइ सेन्टीमीटर ऊचाइ र २.५८ ग्राम तौलको रहेको छ । कुखुराका मालिक ही दायू हुन, उनी शपिङग्बा जिल्लामा कपाल काट्ने काम गर्दछन् । दायूले उक्त अण्डा संसारकै सानो भएको थाहा पाएपछि गिनीज वर्ल्ड रेकर्डमा राख्नको लागी तयारी थालेका छन ।अहिलेसम्म अमेरिकाको पश्चिमी भर्जीनियामा बस्ने डोनी रसेलको नाम संसारकै सबैभन्दा सानो अण्डा दिने कुखुराको मालिकका रूपमा रहेको छ । उक्त अण्डाको आकार २.१ सेन्टीमीटर र ३.४६ ग्राम तौलको रहेको छ ।
You Might Also Like :





