तर तपाईको यो सोच र ठम्याइलाई फेल बनाइदिएका जन दक्षिण कोरियाली गायक साई अर्थात पार्क जि साङले । दक्षिण कोरियाको गांगम भन्ने स्थानको भड्कीलो जिवन शैलि र विवाहको लागी एक युवती जो घरसम्हाल्ने खालको वा रवाफीले जस्तो भएपनि हुने आशयमा गाइएको यो गितका कारण अहिले साई विश्वभर डाकिने पहिलो सेलिब्रटी बनेका छन ।
ओपन ग्याङगम स्टाइल लयमा गाइएको यो गित विश्वभरका मनोरञ्जन पार्टिहरुमा बजाइने अनि गुगलमा खोजिने र युट्युबमा हेरिने गितको नयाँ रकेर्डमा दर्ता भएको छ । जुन रेकर्ड यसअघि युट्युबमा जस्टिन विवरको थियो ।
यहाँसम्मकी विश्व प्रसिद्ध भनिने गायक गायीकाहरुले अहिले साइकै शैलिलाई पछ्याउँदै ग्याङगम स्टाइल गीत गाउन र स्टेज प्रदर्शन गरिरहेका छन । संयुक्त राष्ट्रसंघका महासचिव वानकि मुनले समेत साई विश्वमा आफु भन्दा चर्चित रहेको ठट्टा गर्दै राष्ट्रसंघिय भवन न्युयोर्कमा बोलाएर सम्मान गरेका छन ।
तपाईनै हेर्नुहोस् यो भिडियो अनि आफैं भन्नु हुनेछ साँच्चै बबाल छ ग्याङगम स्टाइल अनि साँच्चै संगितको भाषा र सिमा हुँदैन । हाम्रा नेपाली संगीतका सर्जकले पनि केही सिक्ने पो हो कि । गित मन परे तलको लाईक बटनमा लाईक गर्न नभुल्नुहोला है ।
You Might Also Like :





