> माधव नेपाल र प्रचण्ड मिलेर बिजनेस

माधव नेपाल र प्रचण्ड मिलेर बिजनेस


8:58 PM | ,

१२ कात्तिक, काठमाण्डौ । माओवादी अध्यक्ष प्रचण्डले नेपालदेखि बेलायतसम्मका बिभिन्न कम्पनीमा लगानी गरेको खवर बेलाबेला आइरहन्छन् । तर, एमाले नेता माधवकुमार नेपाल पनि प्रचण्डसँगै मिलेर लगानी गरेको चर्चा चल्न थालेको छ ।

तर, एमाले नेता नेपालले भने त्यस्तो हल्लालाई अस्वीकार गरेका छन् । आइतवार कान्तिपुर दैनिकसँगको अन्र्तवार्तामा नेता नेपालले आफुले प्रचण्डसँग मिलेर कुनै पनि ब्यबसायमा लगानी नगरेको दावी गरेका छन् । प्रचण्डसँग मिलेर अजेय सुमार्गीको मोबाइल कम्पनी हेलो नेपालमा लगानी गरेको सुनिन्छ नी भन्ने प्रश्नमा उनले कुन हेलो नेपाल ? के हो यो ? भन्दै कम्पनीको नामै नसुनेझैं प्रश्न गरेका छन् । तपाईको छोराले काम गरेको दाङमा रहेको अजेय सुमार्गी को हेलो नेपाल कम्पनी भनेपछि नेपालले आफ्नो छोराले केही महिना काम गरेको स्वीकारेपनि लगानी भने नरहेको बताए । ‘काम गर्‍यो त के भयो ? लगानी भए त किन काम गर्नुपथ्र्यो ? मालिक भएर बस्थ्यो नी Û’ नेपालले भनेका छन-’भर्खर इन्जिनियरिङ सकेर आएको, अभ्यासका लागि केही समय काम गर्‍यो ।’

आफुसँग लगानीका लागि कुनै पनि स्रोत नभएको भन्दै नेपालले आफुले अहिलेसम्म भ्रष्टाचार नगरेको दावी गर्नुभएको छ । आफुले यस्तो हल्लाबारे अहिलेसम्म नसुनेको भन्दै नेपालले प्रचण्डसँग भने लगानीको स्रोत रहेको बताउनुभयो ।

प्रचण्डसँग आत्मीय सम्बन्ध भएको स्वीकार्दै नेपालले देश र जनताको हितलाई कुठाराघात गर्नेगरि ब्यक्तिगत सम्बन्ध अगाडी नबढ्ने बताउनुभएको छ । Via: OnlineKhabar


You Might Also Like :