> चर्चा बटुल्दै सार्बजनिक भयो छड्के को ट्रेलर र पोस्टर

चर्चा बटुल्दै सार्बजनिक भयो छड्के को ट्रेलर र पोस्टर


9:08 PM | , ,

लुटको अपार सफलता पछि चर्चा बटुल्न सफल निर्माताद्वय माधव वाग्ले र नरेन्द्र महर्जनले आफ्नो पछिल्लो प्रोजेक्ट ‘छड्के’ माघ १९ गते देखि अल नेपाल रिलिज हुने जानकारी गराउदै उक्त चलचित्रको पोस्टर र ट्रेलर सार्बजनिक गरेका छन् | गत बुधबार चाबहिल स्थित युनिभर्सल क्याफेमा आयोजना गरिएको प्रेसमिट समारोहमा छड्के को पोस्टर र ट्रेलर सार्बजनिक गरिएको हो | नया धारमा ढल्दै गरेको नेपाली फिल्म र तेस्लाई मनपराउने नया पिडिको लागि एकदमै बलियो खुराकको रुपमा ‘छड्के’ दर्सक सामु आउन तयार रहेको जानकारी निर्देशक निगम श्रेष्ठले बताए |

हाल चलचित्र को रफकट भैरहेको र सिनेमा करिब साढे दुइ घण्टा को हुने जानकारी प्राप्त भएको छ | छड्केमा नेपाली रक स्टार रबिन तामांग, सौगात मल्ल, नम्रता श्रेष्ठ, अर्पण थापा, दयाहांग राइ लगायत अन्य कलाकार हरुको जोडदार अभिनय रहेको छ |

प्रिन्सेस मुभी र रस ताण्डवको जोइन्ट भेन्चर ‘छड्के’ ग्याङ्गस्टर एक्सन र थ्रिलर श्रेणीको चलचित्र हो जसमा निर्देशन निगम श्रेष्ठको रहेको छ भने योगेन्द्र श्रेष्ठको द्वन्द रहेहो छ | संजय लामाको सिनेम्याटोग्राफी र सुजन परियारको ड्रेस डिजाइन रहेको ‘छड्के’ मा अमित श्रेष्ठ कार्यकारी निर्माता हुन् भने प्ले ब्याक साउण्ड भने विनायक अर्यालको रहेको छ । लोकेश बज्रचार्य र दीर्घ खड्काले सम्पादन गरिहेको यस सिनेमाको पोष्टर डिजाइनिङ आनन्द महर्जनले गरेका छन् ।


You Might Also Like :