चिलीको लो प्रादो शहरका मेयरले गोन्जालो नवरेटले शहरका बूढाहरुलाई बुधबार सित्तैमा भियग्रा उपहार दिने कार्यक्रम अघि सारेका छन् । यस कार्यक्रमले "सक्रिय यौन जीवनले समग्र जीवन स्तरीय बनाउने" दाबी गरिएको छ । शहरका पन्ध्र सय घरपरिवारमध्ये तल्लो स्तरको जीवन बिताइरहेका बूढाहरुले मात्र भियग्रा सित्तैमा पाउने छन् । यो यौनप्रधान औषधि हरेक महिना उनीहरुले पाउने छन् । उनीहरुको उमेर कम्तीमा ६० वर्षो हुनु पर्ने र नगरपालिकाको स्वास्थ्य सेवाका लागि दर्ता हुनुपर्ने समाचारमा बताइएको छ ।यसका लागि डाक्टरले उनीहरुले भियग्रा प्रयोग गर्दा हुन्छ भन्ने कुराको प्रमाणपत्र दिनु पर्ने हुन्छ । यसका लागि आवश्यक पर्ने करिब १० हजार अमेरिकी डलरको व्यवस्था मिलाइसकिएको समाचारमा उल्लेख गरिएको छ । त्यसो त अमेरिकाका केही इन्स्योरेन्स कम्पनीहरुले ग्राहकहरुलाई लोभ्याउनका लागि सित्तैमा भियग्रा बाँढ्ने गरेको त थाहा थियो तर सित्तैमा जीवनस्तर उकास्नका लागि सरकारी तहबाट गरिएको यो प्रयास चाहिँ नौलो नै छ ।
यो यौन औषधि पाउनका लागि कुनै पनि किसिमको नियम नराखिएको मेयरले बताएका छन् । यो कार्यक्रमको चर्चा हुन थालेपछि चिलीका अन्य नगरपालिकाका ३४ मेयरहरुले पनि यस्तै किसिमको योजना बुनिरहेको यी मेयरले बताएका छन् । तर उनले अहिलेसम्म कति वटा यस्तो औषधि बाँढिसकियो भन्ने चाहिँ खुलाएनन् ।
You Might Also Like :






0 comments:
Post a Comment