> आपराधिक कार्यमा संलग्न १४ सय पक्राउ

आपराधिक कार्यमा संलग्न १४ सय पक्राउ


7:13 AM | ,

११ कात्तिक, काठमाण्डौं । दशैंको घटस्थापनादेखि टीकासम्मको अवधिमा उपत्यकामा विभिन्न आपराधिक घटनामा संलग्न एक हजार चारसय २७ जना पक्राउ गरेका छन् ।महानगरीय प्रहरी परिसर काठमाण्डौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक धीरजन्यप्रतास सिंहका अनुसार चोरी डकैती, झैझगडा लगायतका काण्डमा उनीहरु पक्राउ परेका हुन् ।

दशैंकै अवधिमा ३७ जना जुवाडे पनि पक्राउ परेका छन् । उनीहरुलाई आवश्यक प्रक्रिया पुर्याएर पाँच दिन भित्रमा हिरासत मुक्त गरिने छ । पक्राउ परेका एकहजार चारसय २७ जनालाई सार्वजनिक ऐन अन्तर्गत मुद्धा चलाईएको र बाँकीलाई तारेखमा रिहा गरिएको प्रहरीलाई उदृत गर्दै गोरखापत्र दैनिकले खबर छापेको छ ।


You Might Also Like :