> सप्तरीमा मात्र चारसय राँगाको बलि

सप्तरीमा मात्र चारसय राँगाको बलि


7:14 AM | ,

११ कात्तिक, सप्तरी । राँगा बलिका लागि अग्रणी मानिएको प्रसिद्ध शक्तिपीठ सप्तरीको भारदहस्थित कंकालिनी मन्दिरमा यसपटक तीनसय ५१ राँगाको बलि दिईएको छ । यस्तै सप्तरीकै बेल्ही चपेना गाविसस्थित चण्डी गोहवरमा ४० वटा राँगाको बलि दिईएको खबर गोरखापत्र दैनिकले छापेको छ । यी दुवै मन्दिरमा दशैंको नवमीका दिन राँगाको बलि दिईएको हो ।

गत बर्ष कंकालिनी मन्दिरमा तीनसय ३७ वटा राँगाको बलि दिईएको थियो । योसँगै त्यहाँ करिव ६ हजारको संख्यामा बोका तथा अन्य पशुपक्षीको बलिसमेत दिइएको छ । त्यस्तै सप्तरीको अर्को प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिरमा यसबर्ष बरिब ६ हजारको हाराहारीमा पशुवली दिएको पीठाधीश महाकान्त ठाकुरले जानकारी दिएका छन् ।


You Might Also Like :