१ ओभर १ बलमा बिना रन ३ विकेट
पहिले ब्याटिङ्ग गरेको चीनले ९ विकेट गुमाएर ५२ रन मात्र जोड्न सक्यो । जवाफमा श्रीलंकाले ५ ओभर ३ बलमै १ विकेट गुमाएर विजय हासिल गरेको हो ।
अर्को खेलमा पाकिस्तानले हङ्गकङ्गलाई १ सय ४२ रनले हराएको छ । पहिले ब्याटिङ्ग गरेको पाकिस्तानले ७ विकेट गुमाएर १ सय ५७ रन बनाएकामा हङ्गकङ्ग १३ ओभर १ बल खेल्दा १५ रनमै आउट भएको थियो । निदा दारले अप्रत्याशित बलिङ्ग गर्ने क्रममा १ ओभर १ बलमा कुनै रन नदिई ३ विकेट लिइन् भने क्वानिता जलिलले ७ रन खर्चेर ३ विकेट लिइन् ।
नेपालले समूहको अन्तिम खेलमा सोमबार आयोजक चीनको सामना गर्दैछ । यसअघिका खेलमा श्रीलंका र बंगलादेशसंग पराजित भएपछि नेपालको अर्को चरण प्रवेश सम्भावना टुङ्गिइसकेको छ ।
You Might Also Like :






