> इङ्गलिस प्रिमियर लिगमा भिल्ला र नर्विचबीच १–१ गोलको बराबरी

इङ्गलिस प्रिमियर लिगमा भिल्ला र नर्विचबीच १–१ गोलको बराबरी


7:59 AM | ,

एजेन्सी, कार्तिक ११ । इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत आज ६ खेल हुँदैछन् । पहिलो खेलमा आफ्नै मैदानमा एस्टन भिल्लाले नर्विचसँग १–१ गोलको बराबरीमै चित्त बुझाएको छ ।खेलको २७ मिनेटमै क्रिष्टियन बेन्टेकले गोल गर्दै एस्टन भिल्लालाई प्रारम्भिक अग्रता दिलाए पनि ७९ औं मिनेटमा माइकल टर्नरले नर्विचलाई बराबरीमा पु¥याए ।

 अहिले आर्सनलले आफ्नै मैदानमा क्विन्स पार्क रेन्जर्स क्यिूपिआरको, रिडिङ्गले फुल्हमको, स्टोकले सन्डरल्याण्डको तथा विगानले वेष्टह्यामको सामना गरिरहेको छ । आजै राति म्यानचेष्टर सिटीले स्वान्सीको सामना गर्नेछ । लिग तालिकामा ८ खेलबाट २२ अंक बटुल्दै चेल्सी शीर्ष स्थानमा छ भने म्यानचेष्टर युनाइटेड र म्यानचेष्टर सिटी समान १८ अंकका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । क्यिूपिआर, रिडिङ्ग र साउथह्याम्टन् पुछारमा रहेका छन् ।

 लिगमा भोलि महत्वपूर्ण चार खेल हुँदा चेल्सी र म्यानचेष्टर युनाइटेड आमने सामने हुँदैछन् ।


You Might Also Like :