१२ असोज, काठमाडौं । दशैंमा घर जाँदा नागढुंगाको जामले हैरान भएका यात्रुले र्फकंदा भने केही राहत पाएका छन् । सडकको खाल्डाखुल्डी र धुलोले सास्ती भएपनि घरजाँदा जस्तो जाम नभएको यात्रुहरुको भनाई छ ।
एकैपटक सबै यात्रु बाहिरिँदा फूलपातीको दुई दिन अघिदेखि अष्टमीसम्म नागढुंगामा निकै जाम थियो । फूलपातीको अघिल्लो दिन शनिबार नागढुंगामा झण्डै ६ घण्टासम्म जाम थियो । कहिले घर पुगेर खुशीयाली मनाउँला भन्नेहरुलाई नागढुंगाकै जामले हैरान बनायो । यो दशैं किन आएको होला भनेर कतिले सुस्केरा पनि हाले । एकै ठाउँमा बसभित्र ५,६ घण्टा जाममा पर्नुपरेपछि केटाकेटी, अशक्त र बृद्धबृद्धालाई मात्र होइन सबैलाई सास्ती बनायो ।
You Might Also Like :






