१५ कात्तिक, काठमाण्डौं । तीब्र आर्थिक विकास गरिरहेको एसियाली मुलुक मलेसियाका लागि कामदार आपूर्ति गर्ने मुलुकमध्ये नेपाल दोस्रो स्थानमापुगेको छ । मलेसियामा रहेका तेस्रो मुलुकका आप्रवासी कामदारमध्ये नेपाल चाँडै नै पहिलो स्थानमा पुग्ने संकेत देखिएको छ । मलेसिया नेपालबाट सवै भन्दा धेरै कामदार जाने मुलुक हो ।
नेपालको सरकारी तथ्यांक अनुसार मलेसियामा ७ लाख नेपाली श्रम स्वीकृति लिएर गएका छन् । तीमध्ये कति फर्किए र कति अवैधानिक रुपमा कार्यरत छन् भन्ने तथ्यांक सरकारसँग छैन् ।
मलेसियाको अध्यागमन विभागले २०१२ मध्ययसम्मको तथ्यांक सार्वजनिक गर्दै त्यहाँ दुई लाख ७९ हजार ४ सय २१ नेपाली कामदार वैधानिक रुपमा कार्यरत रहेको जनाएको खबर कारोबार दैनिकले छापेको छ । यो संख्या इन्डोनेसियापछिको दोस्रो ठूलो हो । मलेसियामा अहिले ७ लाख ६७ हजार ५ सय ९० इन्डोनेसियाली कामदार वैधानिक रुपमा कार्यरत रहेका छन् ।

You Might Also Like :

0 comments:
Post a Comment