> फिलिपिन्समा साइबर सेक्स अवैध घोषित

फिलिपिन्समा साइबर सेक्स अवैध घोषित


7:15 PM |

फिलिपिन्स सरकारले साइबर यौन सम्पर्कलाई कानूनी रुपमा अपराध घोषित गरेको छ । यो सँगै फिलिपिन्स साइबर सेक्समा कानूनी रुपमै प्रतिबन्ध लगाउने विश्वको पहिलो देश भएको छ । यो सँगै अब अनलाइनमा अश्लील हर्कत गरेमा ६ हजार डलर जरिवाना तथा ६ महिना कैदको सजाय भोग्नुपर्नेछ । हालै राष्ट्रपतिले प्रमाणित गरेको साइबर अपराध नियन्त्रण ऐनमा यस्तो व्यवस्था गरिएको छ । ऐनले अनलाइनमार्फत विभिन्न खालका यौनिक क्रियाकलाप गर्ने, यौनांग देखाउने लगायतका कामलाई साइबर यौन सम्पर्कको सूचिमा राखेको छ ।


 खासगरी वेबक्याम मार्फत नांगिएर अर्कोलाई देखाउने वा अर्कोको नांगो जिउ हेरी एक आपसमा अनलाइन मार्फत नै विभिन्न खालका यौन क्रियाकलाप गर्नु नै साइबर यौन सम्पर्क हो । पश्चिमा देशहरुमा विभिन्न यौनकर्मी महिलाहरुका लागि साइबर यौन सम्पर्क मोटो रकम कमाउने पेशा समेत बन्ने गरेको छ । फिलिपिन्स सरकारले साइबर यौन सम्पर्कका कारण महिला तथा बालिकाहरुमाथि यौन हिंसा बढेको भन्दै यस्तो कानुन निर्माण गरेको हो । साइबर यौन सम्पर्कलाई रोक्न विशेष साइबर प्रहरी परिचालन गरिने सरकारले जनाएको छ । गएको वर्ष वेब यौन सम्पर्कमा संलग्न भएको आरोपमा दुइ जना स्विडेनका नागरिकले फिलिपिन्समा आजिवन जेल सजायँ पाएका थिए ।


You Might Also Like :


0 comments:

Post a Comment