> ७०० टन सुन बोकेको कार्गो हरायो समुन्द्रमा

७०० टन सुन बोकेको कार्गो हरायो समुन्द्रमा


9:24 AM |

७ सय टन सुन बोकेको रसियाको एक कार्गो गत आइतबार समुन्द्रमा हराएको छ । सोमबार एक विज्ञप्ति जारी उक्त कुराको जानकारी दिइएको हो ।

किरन बन्दरगाहबाट ओकेहोटस्क बन्दरगाहतर्फलैजाँदै गरेको अवस्थामा ७ सय टन सुन बोकेकोकार्गो हराएको हो । उक्त कार्गोमा ९ जना चालकदलका सदस्य रहेको आशंका गरिएको उक्त विज्ञप्तिमा गरिएको छ ।

सञ्चारमाध्यमहरुले उक्त कार्गोमा ११ जना चालकदलका सदस्य रहेको बताइएपनि आपतकालिन मन्त्रालयले भने मात्र ९ जना रहेको बताएको छ । उक्त कार्गोको खोजी कार्य जारी रहेको बताइएको छ । कार्गोको खोजी कार्यमा हेलिकप्टरको समेत प्रयोग गरिएको भएपनि हावाका कारण खोजी कार्य प्रभावित बनेको बताइएको छ ।


You Might Also Like :