> काज किरिया भईसकेका व्यक्ति जिउँदै भेटिए (Video)

काज किरिया भईसकेका व्यक्ति जिउँदै भेटिए (Video)


9:05 AM |

मृत्यु भइसकेको ठानेर काजकिरिया गरिएका लोकबहादुर जीवितै हुन् । सबैले मृत्यु भइसकेको भन्न थालेपछि परिवारले उनको काजकिरिया गरेको थियो । जानकारी नै नदिई घर छाडेर हिँडेका लोकबहादुरले पनि लामो अवधिमा परिवारलाई चिठी, फोन र सम्पर्क समेत गरेनन् ।


 मृत्यु भइसकेको ठानी काजकिरियासमेत गरिएका रुकुम मुरु-३ का ५९ वर्षीय लोकबहादुर पुन २२ वर्षपछि घाइते अवस्थामा परिवारको सम्पर्कमा आएपछि नेपालगन्जस्थित वेस्टर्न अस्पतालमा उपचार गरिँदै छ ।
२२ वर्षपछि बुवा भेटिनुभो, पत्याउनै मुस्किल परिरहेछ,' संगीता(लोकबहादुरको छोरिले) भनिन्, 'म सानै छँदा बेपत्ता हुनुभएको थियो, मैले जान्ने/बुझ्ने भएपछि पहिलोपल्ट बुवाको मुख देखें ।'

बिरामी अवस्थामा परिवारको सम्पर्कमा आएका लोकबहादुरको नेपालगन्जस्थित वेस्टर्न अस्पतालमा उपचार भइरहेको छ । भारत हिमाञ्चल प्रदेशको सिमला जिल्लामा पर्ने गाउँमा मजदुरी गर्ने क्रममा लोकबहादुर डेढ महिनाअघि भीरबाट लडेर घाइते भएका थिए । उनको दाहिने खुट्टा दुई ठाउँमा भाँचिएको छ । घाइते लोकबहादुर भारतकै अस्पतालमा बेवारिसे भेटिएपछि भारतीय प्रहरीले अखिल भारत-नेपाली एकता मञ्चसँग सम्पर्क गरी फर्काएको हो ।


You Might Also Like :