> "Windows 8" सार्वजनिक, माइक्रोसफ्टले ट्याबलेट पनि ल्यायो (फोटो फिचरसहित)

"Windows 8" सार्वजनिक, माइक्रोसफ्टले ट्याबलेट पनि ल्यायो (फोटो फिचरसहित)


7:29 PM | ,

 न्युयोर्क, सफ्टवेर दुनियाको बादशाह माइक्रोसफ्टले नयाँ अपरेटिङ सिस्टम विन्डोज-८ सार्वजनिक गरेको छ । एक कार्यक्रमको आयोजना गर्दै बिहिबार साँझ माइक्रोसफ्टले उक्त सिस्टम आधिकारिक रुपमा सार्वजनिक गरेको हो ।




माइक्रोसफ्टले अपरेटिङ सिस्टम निर्माण गर्न लागेको १७ बर्ष भन्दा लामो अवधिमा विन्डोज ९५ देखि हालसम्म आइपुग्दा निकै परिवर्तन गरेको छ । करीब तीन बर्ष पहिले विन्डोज-७ बजारमा ल्याएको माइक्रोसफ्टले डिजाइन लगायत लोगोमा पनि परिवर्तन गर्दै निकै आकर्षक उत्पादन बजारमा ल्याएको आवद्ध अधिकारिहरुले जनाएका छन । विन्डोज-८ लाई सार्वजनिक गर्दै माइक्रोसफ्टका प्रमुख कार्यकारी स्टिभ वाल्मरले यसलाई नमुना उत्पादनको सङ्या दिएका छन । उनी भन्छन्,- यसमा तपाईंहरुले गर्न नमिल्ने केहि छैन । हामीले कम्प्युटरको दुनिया र स्वं विन्डोजलाई पनि निकै प्रिथक तवरले सोचेर ल्याएका छौ ।



साथै माइक्रोसफ्टले उक्त अवसरमा ट्याबलेटको पनि औपचारिक उदघाटन गरेको छ । माइक्रोसफ्टको नयाँ ट्याबलेटले एप्पल र गुगलका स्मार्ट उपकरणसँग प्रतिस्पर्धा गर्ने छ । माइक्रोसफ्टका अनुसार प्रतिस्पर्धी बजारमा आफु र आफ्नो बर्चस्व देखाउनका लागि पनि यस्तो भिन्न कदम चाल्नुपर्ने कम्पनिको दाबी छ । यता माइक्रोसफ्टले आफ्नो पछिल्लो उत्पादनको चर्चा गरिरहदा आलोचकले भने कम्पनिको भविष्य समेत बोकेर आएको यो सफ्टवेर चलाउन त्यति सान्दर्भिक नरहेको जनाएका छन । उनीहरु भन्छन्,"अपेक्षाकृत नतिजा छैन ।"



बिहिबारको सार्वजनिक पस्च्यात अब बिश्वभरिका विन्डोजका पसलमा यो नयाँ अपरेटिङ सिस्टम विन्डोज-८ उपलव्ध हुनेछ । माइक्रोसफ्टको नयाँ ट्याबलेटको मुल्य अन्यको तुलनामा केहि कम रहेको जनाइएको छ । जानकारी अनुसार एउटै खाले ट्याबलेटमा यसमा उत्तिकै रकममा अरुको भन्दा दुइगुणा बढी मेमरी भएको ट्याबलेट पाइन्छ । जस्तै एप्पलको उत्पादन आइप्याड १६ जिबीको र म्याकको ट्याबलेट ३२ जिबिको मुल्य वराबर पर्दछ ।-(बीबीसिमा आधारित)


You Might Also Like :