> एकै परिवारमा सातजना अपांग भएपछि

एकै परिवारमा सातजना अपांग भएपछि


9:12 PM | ,

१२ कात्तिक, बारा । सानो झुपडी घर छ । परिवारमा सबैजना अपांग । न व्यवसाय न सीप । यस्तो परिवार कसरी र कहिलेसम्म चल्ला ? हो सबैजना अपांग भएको एक परिवारको एक यस्तै कहालीलाग्दो वातावरणमा दिन कटाइरहेको छ ।

पुरैनिया ९ का ५२ बर्षका याद हुसेन, उनका तीन छोरी र ३ नातिनातिनाले यस्तै अपांग जिन्दगी भोगिरहेका छन् । कतैबाट सयहेाग नभएपछि छाक टार्न उनीहरुलाई समस्या छ । उनीहरु सवैको खुट्टा जन्मजात अपांग छन् । उनीहरुलाई हरेक दिन खाना कै पिरलो रहेको हुन्छ ।

हुसेनका तीन छोरी ३० बर्षकी बरजेना खातुन, २८ बर्षकी तसलीमा खातुन दुवै खुट्टाले अपांग छन् । तीन नातिनातिना १५ बर्षका मोलाजिम मियाँ, १३ बर्षका सैफुलाह मियाँ र ११ बर्षका लालमुनिका पनि दुवै खुट्टा नचल्ने खबर कान्तिपुर दैनिकले छापेको छ ।

छरछिमेकीको सहयोगबाट खानपान गर्दै आएका उनीहरु कसैले सहयोग गरे गुजारा चाल्न सहज हुने गुनासो पोख्न थालेका छन् ।


You Might Also Like :