झापा, कात्तिक १२ । थ्रि स्टार क्लबले ३३ औँ अल इन्डिया गभर्नर्स गोल्डकपका लागि झापाको काकडभितामा अभ्यास सुरु गरेको छ । गभर्नर्स गोल्डकप भारतको सिक्कीममा हुने प्रतिष्ठित फुटबल प्रतियोगिता हो । जसमा थ्रि स्टारले सात बर्षदेखि निरन्तर सहभागिता जनाउदैं आएको छ । झन्डैं एक साताको प्रशिक्षण पछि पुर्व च्याम्पीयन थ्रि स्टार सिक्कीम प्रस्थान गर्ने प्रसिक्षक प्रदिप हुमागाइले जानकारि दिएका छन् ।
अघिल्लो महिना राजधानिमा सम्पन्न एनसेल कपमा विर्सनलाएक प्रदर्शन गरेको थ्रि स्टार सिक्कीममा उच्च प्रदर्शन गर्ने अपेक्षका साथ मैदानमा उत्रने तयारिमा छ । नक आउट फुटबलमा सफल इतिहास बनाएको थ्रि स्टारलाई एनसेल कपमा दाबेदारको रुपमा हेरिएको थियो तर त्यसमा खरो उत्रन नसकेको टोलि एक खेल पनि नजिति समुह चरणबाटै बाहिरिएको थियो ।
You Might Also Like :





