> म्यानचेष्टर सिटी र्इंग्लिस प्रिमियर लिग फुटबलको दोश्रो स्थानमा

म्यानचेष्टर सिटी र्इंग्लिस प्रिमियर लिग फुटबलको दोश्रो स्थानमा


8:40 AM | ,

कात्तिक १२ । म्यानचेष्टर सिटी र्इंग्लिस प्रिमियर लिग फुटबलको दोश्रो स्थानमा उक्लिएको छ ।यसअघि दोश्रो स्थानमा रहेको म्यानचेष्टर युनाईटेडलाई स्पष्ट ३ अंकले पछि पार्ने क्रममा सिटीले शनिवार रातीको खेलमा स्वान्सीलाई १–० हरायो ।

सिटीका लागि कार्लोस टेभेजले खेलको ६१ औं मिनेटमा एक मात्र गोल गरे ।जितपछि सिटी २१ अंकका साथ दोश्रो स्थानमा छ । पहिलो स्थानको चेल्सीको २२ र तेश्रो स्थानको म्यानचेष्टर युनाइटेडको १८ अंक छ ।

प्रिमियर लिगमा शनिवार रातीका अरु खेलमा एष्टन भिल्ला र नर्विकले १–१, रिडिङ्ग र फुलहामले ३–३ तथा स्टोक र सन्डरल्याण्डले गोलरहित बराबरी खेले ।

यस्तै आर्सनलले क्युपिआरलाई १–० ले हराएको छ भने विगानले वेष्ट हामलाई २–१ गोलले पराजित गर्‍यो ।


You Might Also Like :