> पोर्तुगलमा पनि नेपाली पत्रिका शुरु

पोर्तुगलमा पनि नेपाली पत्रिका शुरु


7:26 AM | ,

११ कात्तिक, लिस्बोन - बिद्युतिय सञ्चारमाध्यमहरुको बढ्दो लोकप्रियता र पहुँचताका कारण छापा पत्रिका संकटमा पर्दै गइरहेको भनिदै गर्दा पोर्तुगलमा पनि नेपाली भाषाको छापा पत्रिकाको शुरुवात भएको छ ।



बडा दशैं २०६९ तथा तिहारको शुभ अवसर पारेर पोर्तुगलमा पहिलोचोटी नेपाली भाषाको छापा पत्रिका शुरु भएको समाचार प्राप्त भएको छ । बडादशैको उपलक्ष्यमा पोर्तुगलको राजधानी लिस्बोनमा बिहिबार एक बिशेष समारोहको आयोजना गरी पत्रिकाको औपचारिक विमोचन भएको छ ।



’नेपाली वेभ पाक्षिक’ नामक पत्रिकाको पोर्तुगलका लागि अवैतनिक बाणिज्यदूत मकरबहादुर हमाल र नेपाल पोर्तुगल कला साहित्य तथा सञ्चार परिषदका अध्यक्ष कुमार श्रेष्ठले सयुंक्तरुपमा पत्रिकाको आवरण पृष्ठ प्रदर्शन गर्दै बिमोचन गर्नुभएको हो ।


You Might Also Like :