११ कात्तिक, काठमाण्डौं । – बडादशैं मनाएर राजधानी भित्रिनेको थानकोटदेखि नै लर्को लागेको छ। शुक्रबार सांझ सम्म करिब पाँचहजार सवारी साधनबाट एकलाख यात्रु राजधानी प्रवेश गरेका नागढुंगा प्रहरी पोष्टले जनाएको थाहा भएको छ।
राजधानी प्रवेशको क्रममा पोष्टमा शुक्रबार बिहान ५ बजेसम्म दुई हजार ८ सय ३२ सवारी साधनबाट ४५ हजार यात्रु आएका पोष्टका प्रमुख कैलाश खत्रीले बताए । राजमार्गमा कुनै किसिमको व्यवधान नभएकाले लामो तथा छोटो दुरीका सवारी आवागमन सामान्य रहेको उनले जानकारी दिए ।
राससका अनुसार उपत्यका ट्राफिक प्रहरी कार्यालयले साँझ ६ बजेसम्म काठमाडौँ उपत्यकामा कुनै किसिमको सवारी दुर्घटना नभएको र तीनवटै नगरको सवारी आवागमन सामान्य रहेको जनाईएको छ।
You Might Also Like :





