> जापानमा ज्येष्ठ नेपालीको निधन

जापानमा ज्येष्ठ नेपालीको निधन


7:31 AM | ,

११ कात्तिक,टोकियो – जापानमा ज्येष्ठ नेपालीकारुपमा चिनारी बनाउनुभएका हर्षरत्न शाक्यको बिहिबार राती ८० बर्षको उमेरमा निधन भएको छ ।

सन् १९३४ जुलाई २० तारिखका दिन काठमाडौं लगनटोलमा जन्मिनुभएका शाक्यको बिहिबार राती टोकियोमा आकस्मिक निधन भएको हो । साढे ९ बजेसम्म नातिसंग खेल्दै गर्नुभएका शाक्यको १० बजे आकस्मिक निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

उहाँ बिरामी वा अरु कुनै स्वास्थ्य समस्याले ग्रसित पनि हुनुहुन्थेन । धर्मपत्नीको स्वर्गारोहणपछि एक्लिनुभएका स्वर्गिय शाक्य, छोराबुहारी, छोरीज्वाँइ नातिनतिना, सबै यतै भएकाले आजभन्दा १२ बर्ष पहिले जापान आउनुभएको थियो ।

पारिवारिक श्रोतकाअनुसार युवावस्थाको लामो समय उहाँले तिब्बतमा सुन सम्बन्धि काम गर्नुभएको थियो ।


You Might Also Like :