> दशैं पेश्की मागेकै कारण दुई सञ्चारकर्मी निस्काशित

दशैं पेश्की मागेकै कारण दुई सञ्चारकर्मी निस्काशित


8:33 AM | ,

चितवन, कात्तिक १२ । दशैं पेश्की मागेकै कारण कामबाट निस्काशित दुई सञ्चारकर्मीलाई पूनर्वहाली गर्न चितवनमा कृयाशिल चारवटा संचारकर्मी सम्वद्ध संस्थाले ध्यानाकर्षण गराएका छन् । चितवनको भरतपुरमा रहेको रेडियो त्रिवेणी व्यवस्थापनले दशैँ पेश्की मागेको भन्दै सुबास पण्डित र अनिल ढकाललाई निस्काशन गरेको थियो । नेपाल प्रेस युनियन, प्रेस चौतारी, क्रान्तिकारी पत्रकार संघ र क्रान्तिकारी पत्रकार महासंघ चितवनको आइतबारको बैठकले घटना प्रति खेद ब्यक्त गर्दै विना शर्त दुबै श्रमजीवी पत्रकारलाई पुनर्वहाली गर्न माग गरेको छ ।

पुनर्वहाली नभए श्रमजीवीका पक्षमा आन्दोलन गर्न बाध्य हुने उनीहरुले विज्ञप्तीमा चेतावनी दिएका छन् । बैठकपछि प्रेस युनियनका अध्यक्ष बसन्त पराजुली, प्रेस चौतारीका अध्यक्ष शालिग्राम नेपाल, क्रान्तिकारी पत्रकार संघ चितवनका अध्यक्ष शान्ता अधिकारी र क्रान्तिकारी पत्रकार महासंघ चितवनका संयोजक नवराज ढकालद्वारा जारी विज्ञप्तीमा चितवनमा संचालित सबै संचारमाध्यमलाई नियुक्तिपत्र दिएर मात्र संचारकर्मीलाई काममा लगाउन आग्रह गरिएको छ । बैठकले नियुक्ती पत्र लिएर मात्र काम गर्न पत्रकार सञ्चारकर्मीलाई आग्रह गरेको छ ।NayaKhabar


You Might Also Like :