> क्यानडामा ७.७ रेक्टरको शक्तिशाली भूकम्प

क्यानडामा ७.७ रेक्टरको शक्तिशाली भूकम्प


8:36 AM | ,

एजेन्सी,कात्तिक १२ । क्यानाडाको पश्चिमी सामुद्रिक तटमा एक शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक अनुसन्धान केन्द्रले जनाएको छ । दक्षिण पश्चिमी प्रिन्स रुपर्ट भन्ने ठाउंको आसपास केन्द्र भएको  ७ .७ रेक्टरको भूकम्प गएता पनि कुनै क्षतिको विवरण प्राप्त भएको छैन । भुकम्प  जमिन बाट १७ कि.मी भित्र समुन्द्रमा आएको थीयो ।

 शनिवार राती ८;०४ बजे गएको यो भूकम्पको लगत्तै त्यहाँ सामुद्रिक आँधी सुनामीको खतराको चेतावनी जारी गरिएको छ । तर यसको कुनै धेरै खतरा नरहेको पनि सुनामी केन्द्रले जनाएको छ ।  ब्रिटिश कोलम्बिया प्रायद्वीपमा यो भूकम्प गएको हो | सावधानीका लागि सोही तटीय इलाका अन्तर्गतको हाईदा गवई भन्ने बस्तीका स्थानीय वासिन्दाहरुलाई अन्यत्र सारिएको छ ।

भूकम्पको धक्का १ मिनेटसम्म जारी रहेको थियो । भुकम्प गएपछि सर्बसाधारणहरु त्रसित बनेर घरबाट बाहिर निस्किएका थिए । भूकम्पबाट कुनै  क्षतिबिस्तृत नभएको प्रहरीले बताएको छ ।


You Might Also Like :