> माओवादीको घमण्ड तोड्न आन्दोलन : खनाल

माओवादीको घमण्ड तोड्न आन्दोलन : खनाल


7:16 AM | ,

११ कात्तिक, काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकीकृत नेकपा माओवादीको दम्भ र घमण्ड तोड्न आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । माओवादीले सर्वसत्तावाद लाद्न खोज्दा दलहरुबीच सहमति नभएको भन्दै अध्यक्ष खनालले अबको बार्ता पनि कुनै ब्यक्तिर पार्टीसँग नभई समग्र गतिरोधका निकासका लागि संयुक्त रुपमा हुनुहुन्छ भन्नुभयो ।

रिपोटर्स क्लबले गरेको साक्षात्कार कार्यक्रममा अध्यक्ष खनालले मुलुक संकटमा परेको बेला राष्ट्रपतिले चुप लागेर बस्न नमिल्ने स्पष्ट पार्दै आन्दोलनको जगमा राष्ट्रपतिले उपयूक्त कदम चाल्नु पर्ने पनि दाबी गर्नुभयो ।

सरकारको बहिर्गमन पछिमात्र राजनीतिक सहमित हुने भएकाले सरकारको विस्थापनका लागि आन्दोलनको विकल्प नभएको खनालको भनाई छ ।


You Might Also Like :