> ओलीको स्वास्थ्य अवस्था सामान्य

ओलीको स्वास्थ्य अवस्था सामान्य


7:18 AM | ,

काठमाडौं, कार्तिक ११  - स्वास्थ्यमा समस्या आएपछि अमेरिकाको न्युयोर्कस्थित एक अस्पतालमा भर्ना भएका एमाले नेता केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य बनेको छ । मेक्सीकोमा भएको कार्यक्रममा सहभागी भई फर्कने क्रममा बिरामी परेपछि नेता ओलीलाई उपचारका लागि स्थानीय अस्पताल भर्ना गरिएको थियो ।

केही दिन अघि अस्पतालबाट डिस्चार्ज भएका नेता ओली हाल न्युयोर्कस्थित साथीको घरमा आराम गरिरहेको एमाले उपाध्यक्ष विद्या भण्डारीले जानकारी दिइन् । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको उपाध्यक्ष भण्डारीले बताइन् ।

अमेरिका बसाएका क्रममा ओलीले त्यहाँ रहेका एमाले कार्यकर्ता र नेपालीहरूसँग भेटघाट गरेको ओलीका स्वकीय सचिव रमेश आचार्यले बताए । नेता ओली आगामी बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


You Might Also Like :