> दोस्रो सफल पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

दोस्रो सफल पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा


8:38 AM | ,

पोखरा, कात्तिक १२ । पोखरामा आगामी मंगलबार देखि आयोजना हुन लागेको दोस्रो सफल पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । पोखरा रङ्गशालामा यही कार्तिक १४ देखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक कास्की जिल्ला फुटबल सङ्घले जानकारी गराएको हो । प्रतियोगितामा तीन विदेशीसहित १२ टोलीको सहभागिता रहने छ ।

बंगलादेश, भूटान, भारतका ए डिभिजनका क्लब, नेपालका दुई विभागीय, लिगका उत्कृष्ट आठमध्ये ६ टोलीसहित १२ टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक एवं कास्की जिल्ला फुटबल सङ्घका प्रथम उपाध्यक्ष गोपी भट्टराईले जानकारी दिनुभयो । १२ दिनसम्म चल्ने प्रतियोगितामा विजेतालाई तीन लाख पाँच हजार तथा उपविजेता टीमलाई एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।


You Might Also Like :