> मेस्सीले ३०० गोल पुरा गरे, बार्सीलोना बिजयी

मेस्सीले ३०० गोल पुरा गरे, बार्सीलोना बिजयी


8:58 AM | ,

मेड्रिड, कार्तिक १२, लियोनल मेस्सीले उत्कृष्ट खेल प्रदर्शन संगै आईतबार आफ्नो करियरकै ३०० औं गोल गरेका छन् । मेस्सीद्वारा गरिएका २ गोलहरूको मद्दतले बार्सीलोना रायो वाल्कानोलाइ ५-० ले पराजित गर्दै ला लीग फुटबल लीगको शीर्ष स्थानमा तीन अंकको बढोत्तरी गरेको छ ।  प्रतियोगितामा डेविड भिला, जावी हर्नान्डेज र सेस्क फाब्रेगासले एक-एक गोल गरेका थिए ।

यस जीतका साथै बार्सीलोनाले दोश्रो स्थानमा रहेको एटलेटिको मेड्रिडमाथि दवाव दिएको छ । यो टिमले आज ओसासुनासंग भिडन्त गर्दैछ ।

यस प्रतियोगितामा मेस्सीले आफ्नो करियरको ३०० तथा ३०१ औं गोल गरेका थिए । उनले अहिले सम्म बार्सीलोनाका तर्फबाट २७० तथा अर्जेन्टीनाका तर्फबाट ३१ गोल गरेका छन् । उनले आफ्नो करियरमा ४१९ वटा खेल खेलेका छन् ।

अहिले संचालन भैरहेको ला लीगामा उनको १३औं र २०१२ को सबै प्रतियकोगिताहरूमा गरि ७३औं गोल हो । उनी पेले के सान्तोस र ब्राजीलको तर्फबाट सन १९५९ मा गरिएको ७५ गोल र सन १९७२मा गरिएको ८५  गोलको रेकर्ड भन्दा मात्र १२ गोलले पछाडी रहेका छन् ।


You Might Also Like :